गण्डकी प्रदेशको नवलपुरमा २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा नवलपुरका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नवलपुरको विनयत्रिवेणी नगरपालिका १७ जना र गैडाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ७७ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार