गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमितहरु थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका १२ सहित विभिन्न जिल्लामा ३८ जना संक्रमितहरु थपिएका हुन् ।

सेति नहरमा हाम फालेका दोलखाका खड्काको शव पोखरा १३ दुईकुलाको मुहानमा फेला


यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा स्याङ्जाका ११ जना, बाग्लुङका ६ जना, तनहुँका ३ जना, नवलपुरका १ जना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४ सय ७९ पुगेको छ । यि मध्ये १ हजार ३ सय ७ पुरुष रहेका छन् भने १ सय ७२ महिला रहेका छन् ।
संक्रमित मध्ये १ हजार २ सय ३० जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानी स्थित नालामा एक पुरुषको शव फेला


हल गण्डकीमा सक्रिय संक्रमितको संख्या २ सय ४५ रहेको छ । उनिहरुको जिल्ला स्थित विभिन्न आईसोलेसनहरुमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार