गण्डकी प्रदशेमा कोरोना संक्रमितको संख्या १८२१ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत मुलुकका अन्य प्रयोगशालाहरु समेतमा गरिएका प्रदेशका नमुना परिक्षणमा १८२१ जनामा कोरोना संक्रमण देखिएको हो ।
हालसम्म प्रदेशका १५७५ जना संक्रमितहरु निको भैसकेका छन् । अहिले २३९ जना संक्रिय संक्रमितको उपचार भैरहेको छ । हालसम्म सात जनाले ज्यान गुमाएका छन् ।
प्रदेशभरि १०८४ जना क्वारेन्टिनमा रहेका छन् । प्रदेशमा सवैभन्दा धेरै नवलपुरमा संक्रमितहरु फेला परेका छन् भने मनाङ् र मुस्ताङ कोरोना मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार