गण्डकी प्रदेशमा फेरी २२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक प्रदेशका तिन जिल्लाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३ बुँदे माग सहित ३ सातामा पूरा नगरे सत्याग्रह गर्ने डा.गोविन्द केसीको चेतावनी


क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा स्याङ्जाको पुतलिबजार नगरपालिकाका १८ जनामा कोरोना पुष्टि भएको हो । उनिहरु सवैजना पुरुष रहेका छन् ।
यस्तै कास्कीको रुपाँ र माछापुच्छ्रे गाउँपालिकाका १–१ जनामा कोरोना संक्रमण भएको छ । निर्देशनालयका अनुसार लमजुङ्को दुधपोखरी र मध्येनेपालका १–१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

३ बुँदे माग सहित ३ सातामा पूरा नगरे सत्याग्रह गर्ने डा.गोविन्द केसीको चेतावनी


यससंगै गण्डकीमा कोरोन सक्रमितको संख्या १ हजार ३ सय ९९ पुगेको छ । यिमध्ये ४ जनाको मृत्यु भएको छ भने, १२ सय १ जना डिस्चार्ज भएका छन् ।
बाँकी सक्रिय संक्रमितको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार