गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३७२ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक ११ जना संक्रमित थपिए संगै कुल कोरोना संक्रमितको संख्या १३७२ पुगेको हो ।
पोखरा स्वास्थ्य विञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कास्कीको रुपा गाउँपालिकाका १ जना र गोरखाका २ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
उता लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही र जनस्वास्थ्य प्रयोगशाला हेटौडामा गरिएको परिक्षणमा नवलपुरका ८ जनामा कोरोना पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार