पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियलटाईम आरटि पिसिआर परिक्षणमा ८ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
वडा नं. १, १४ र २७ मा २–२ जना तथा १० र १७ नं.मा १–१ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १७ सय पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार