गण्डकी प्रदेशमा पुन तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा गोरखाका तिन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनिहरु मध्ये ७ र १० वर्षका दुई बालक र ३२ वर्षीय एक महिला रहेका छन् ।
यसअघि आजै पोखरा महानगरपलिकाका २ जना सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २३ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुग्यो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार