गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६१२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको कुल ४६२ नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
उनि पर्बत जिल्ला, कुश्मा नगरपालिका वडा नं. ४ का २३ वर्षीय युवक रहेका छन् । उनलाई अहिले आईसोलेसन कक्षमा राखेर उपचार थालिएको छ ।
गत २४ घण्टामा नवलपुरका १८८, तनहुँका ८१, लमजुङको १, स्याङजाका २५, पर्बतका १० र कास्की १५७ नमुना परिक्षण गरिएको छ ।

यस्तै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भने गत २४ घन्टामा २८ नमुना मात्र परिक्षण भएको छ । हाल सम्म गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १४५९ पुगेको छ ।
गत २४ घण्टामा मात्र नवलपुरका १, लमजुङका ६, बाग्लुङका २, तनहुँ ४ र पर्बत ३ जना गरि कुल १६ जना व्यक्तिहरु डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीमा १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार