गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ५ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार चितवन मेडिकल कलेज चितवनमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


विवरण अनुसार गोरखाको गोरखा नगरपालिका, अजिरकोट र भिमसेन थापा गाँउपालिकाका १ १ जना महिलामा कोरोना देखिएको हो । यस्तै नवलपुरको कावासोतीका एक महिला र एक पुरुष, देवचुलीका २ जना पुरुष र गौडाकोटकी एक महिलामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


यस्तै तनहुँको आँबुखैरेनी र भिमादका १ महिला र एक पुरुषमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले कोरोना परिक्षणका लागि स्वाब संकलन गरिसकेपछि रिपोर्ट नआउन्जेल सम्म होम क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार