गण्डकी प्रदेशमा आज २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पहिलो पटक २३ र दोस्रो पटक पाँच जना गरि २७ जनामा कोरोना संक्रमण भएको हो ।

गण्डकीमा डेंगुका १०५ र स्क्रबटाईफसका ५४ जना बिरामी फेला


निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकामा ८ जना, तनहुँमा २ जना, गोरखामा २ जना, बाग्लुङमा ४ जना र नवलपुरमा १२ जनामा कोरोना संक्रमण भएको हो । पोखरा महानगरपालिका १५ का २९ बर्षीय पुरुष र बाग्लुङ नगरपालिकाका तिनैजना पुरुषहरु गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका थिए ।

कोभिड १९ विरुद्धको लडाइँमा सहयोग पुर्याउन विश्व समुदायलाई आग्रह


यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ३ हजार १२ सय ६ पुगेको छ । हालसम्म १ हजार ९३५ जना डिस्चार्ज भएका छन् । ३१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार