गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका २ जना, तनहुँको शुक्लागण्डकीका १ जना र स्याङजाका २ जनामा कोरोना संक्रमण भएको हो ।

कोरोना भाइरसका कारण विश्वभर ९ लाख १३ हजार बढिको मृ-त्यु


यस्तै क्षयरोग उपचार केन्द्र पोखरा तथा भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा नवलपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोतीका १ जना पुरुष तथा गैडाकोट नगरपालिकाका ११ जनाका कोरोना संक्रमण भएको छ । उनिहरु ५ जना पुरुष र ६ जना महिला रहेका छन् ।

भरतपुरमा गरिएको नमुना परिक्षणमा ३५ जनामा कोरोना संक्रमण


पोखरा महानगरपालिकाका २ जना, तनहुँका १ जना र स्याङ्जाको पुतलीबजार १ का ४० बर्षीय १ जना गरि ४ जना पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको फिभर क्लिनिकमा परिक्षणको लागि आएका संक्रमितहरु हुन् भने बाँकी कन्ट्याक ट्रेसिङबाट पत्ता लागेका हुन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या २ हजार ७४७ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार