पोखरा महानगरपालिकामा ६ वर्षीय बालिका सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा पोखरा महानगरपालिकाका ३ जना, बाग्लुङको नगरपालिकाका १ जना र तनहुँको भिामाद र आवुँखैरेनीमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा स्याङ्जाका २ जना तथा प्रदेश क्षयरोग उपचार केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परिक्षणमा नवलपुरको देवचुली र कावासोतीका ३ जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार