पोखरा महानगरपालिका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १९ का ६ जना, वडा नं. १५ र ३२ का १–१ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।
उनिहरु मध्ये ४ महिला र ४ पुरुष रहेका छन् । यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ । यि मध्ये १३८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार