गण्डकी विकास बैंक लिमिटेडले मिति २०७५ चैत्र १७गते बारा र पर्सा जिल्लामाअकस्मातआएको हावाहुरी र असिनापानीबाट प्रभावितव्यक्तितथा परिवारलाई सहयोग स्वरुप रु २०९,९८३ (अक्षरुपीदुई लाख नौ हजार नौ सय त्रियासी रुपिया) को चेक जिल्लाविपदव्यवस्थापन समितिको खातामाजम्माहुने गरि पर्सा जिल्लाकाप्रमुखजिल्लाअधिकारी श्री नारायण प्रसाद भट्टराईलाई उपलब्ध गराएको छ । उक्त रकम गण्डकी विकास बैंक बिरगञ्जशाखाप्रमुखश्री मुकेश अधिकारीले प्रमुखजिल्लाअधिकारीलाइ हस्तान्तरण गनुभएको थियो ।

बैंकले सो घटनामा पिडितको सहयोगको लागि“बारा पर्सा स्र्टोम रिलिफ फण्ड” नामकखाता सञ्चालनगरि उक्त रकम संकलन गरेको थियो । उक्तखातामाबैंकले आफ्नो सामाजिकउत्तरदायित्वअन्तरगत रु १००,००० र अन्यकर्मचारी तथाग्राहक महानुभावहरुबाट रु १०९,९८३ संकलन गरेको हो । उक्तहस्तान्तरण समारोहमाबोल्दै प्रमुखजिल्लाअधिकारी श्री नारायण प्रसाद भट्टराईले बैंकले आफ्नो सामाजिकउत्तरदायित्वशिर्षक अन्तरगतविपतमा परेका बारा तथापर्साका पिडितका लागि संकलनगरि विपदव्यवस्थापन समितिमाजम्मा गरेको सहयोग प्रतिधन्यवादव्यक्तगर्नुभयो । साथै भट्टराईले उक्त रकमविपदव्यवस्थापन समितिको निर्णय अनुसार खर्च हुने र भविष्यमापनि सोहीप्रकारका सहयोगको अपेक्षा गरेको बताउनुभयो । बैंककातर्फबाट विरगञ्जशाखाप्रमुखश्री मुकेश अधिकारीले चेक हस्तान्तरण गर्दै उक्त सहयोगले पिडितलाई केहीभएपनि राहातपुग्ने बैंकले अपेक्षा राखेको बताउदै बैंकले यस्ता प्रकारका सहयोगलाई आगामीदिनहरुमा समेत निरन्तरतादिदै जाने बताउनुभयो ।

गण्डकी विकास बैंक लि. द्धारा विअपिबालशिक्षा केन्द्रलाई सहयोग प्रदान

गण्डकी विकास बैंक लि. ले मिति २०७६÷०१÷१५ का दिनचितवनको भरतपुर म.न.पा वडा नं. २६ ज्योतिनगर स्थीतविअपिबालशिक्षा केन्द्रमाअध्ययनरत विअपिअर्थात विपन्न, असहायतथा पिछडिएका बालबालिकाहरुकालागी १०० थानकपीतथा १०० थानलुगाधुने साबुन सहयोग गरेको छ । सो कार्यक्रममा संस्थाकाअध्यक्षश्री ईश्वरीराजअधिकारीले संस्थामाहाल ३५ जनाविअपिबालबालिकाहरु अध्ययनरत रहेको जानकारी दिदै उक्त सहयोगको लागीचनौलीशाखातथा बैंक परिवारलाई धन्यवाददिनुभयो । उक्त सहयोग बैंककाचितवन सव क्लष्टरप्रमखु श्री सुरज शर्मा र चनौलीशाखाप्रमुखश्री ज्ञानेन्द्र प्रसाद मैनालीले हस्तान्तरण गर्नुभएको थियो ।

बैंककातर्फबाट सव क्लष्टर प्रमुखश्री सुरज शर्माले सो सहयोग हस्तान्तरण गदै उक्त सहयोगबाट त्यस संस्थामाअध्ययनरत बालबालिकाहरुको पठनपाठन तथा सरसफाइमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको बताउनुभयो । साथै बैंकले यस्ता प्रकारका कार्यक्रमहरुलाई आगामीदिनहरुमापनिनिरन्तरतादिदै जाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार