गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिरोले पु¥याएको भौतिक क्षतिको त्तकाल पुननिर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिका सभापति दीपक कोइरालाले सडक बन्द हुँदा जनजीवन कष्टकर भएकाले फाष्ट ट्रयाकबाट काम गरेर अवरुद्ध सडक खुलाउन, बाढी र पहिरोका कारण अत्यावश्यक सेवाका रुपमा रहेको खानेपानी र उत्पादनमूलक क्षेत्रमा असर पार्ने सिंचाईकुलो सञ्चालनका लागि फाष्ट ट्रयाकबाट काम गरेर सेवा दिन निर्देशन दिए ।

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना


सभापति कोइरालाले बाढी र पहिरोको कारण मनाङ र मुस्ताङको आवतजावत बन्द भएकाले मनाङ जानेबाटो र म्याग्दीको गलेश्वरको पुल तत्काल निर्माण गर्न समितिको तर्फबाट निर्देशन दिए ।
बैठकमा बोल्दै भौतिक पूर्वाधर विकास मन्त्री रामशरण बस्नेतले अविरल बर्षाको कारण यसबर्ष भौतिक क्षति धेरै भएको बताउदै अहिले आफुहरुलाई प्राप्त क्षतिको विवरण अझै पुर्ण नभएको बताए ।

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना


मुस्ताङ जाने म्याग्दी गलेश्वरमा बेलिव्रिजपुल निर्माण पानीको सतह घटेपछि शुरु गर्ने, मनाङको सडक मर्मत गर्ने अहिले योजना परेका तर बाढीले क्षति पु¥याएको योजनाको काम तत्काल शुरु गर्ने र मुल सडक सञ्जालसंग सम्पर्क विच्छेद भएका साहायक सडक सञ्जालहरुलाई बर्षायाम पछि मर्मत गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए ।

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना


मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाले बाढी पहिरोले अहिले सम्म प्रदेशमा ३४ वटा सडक, ९५वटा सिंचाईका योजना र ५४ वटा खानेपानीका योजना र केही पुलमा क्षति पुगेको जानकारी प्राप्त भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार