गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा आज मात्रै ६० जनामा कोरोना पुष्टि भएसंगै कुल संक्रमितको संख्या २ हजार ६५ पुगेको हो ।
प्रदेशको नवलपुरमा सबैभन्दा धेरै ४३९ जनामा कोरोना संक्रमण भएको छ । यस्तै कास्कीमा ३२१ र स्याङजामा ३१० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६८९ जना निको भएका छन् ।
८३० जना विभिन्न जिल्लाका क्वारेन्टिनहरुमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार