पोखरा, जेठ ।
नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । सिंहदरबारमा आइतबार बसेको प्रचारप्रसार उपसमिति बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताउनुभएको छ । उहाँले जेठ १५ गतेका दिन मनाइने ११ औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गर्नुभयो । मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक महत्वका कार्यक्रम तय गरिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले मुलुक बिकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको छ । नेपाल पोलिमर इन्स्चिच्युट र त्रिभुवन बिश्वविद्यालयले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले लोकतन्त्रलाई बलियो बनाउदै नेपाल बिकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउनुभएको हो । खनालले संघीयतामा गईसकेपछि मुलुकको तीनै तहको ध्यान बिकासमा रहेको धारणा राख्नुभयो । नेपालमा पदार्थ विज्ञान विषयमा थप अध्ययन–अनुसन्धान आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बिभिन्न देशका बैज्ञानिकहरुको सहभागीता रहेको थियो ।

प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव | गुफा मै बसाँै, गुफा मै खाऔँ, गुफामै रमाऔँ |
लोमन्थाङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र (इलाका संरक्षण कार्यालय) लोमन्थाङको संयुक्त आयोजनमा लोमन्थाङ गाउँपालिका वडा नं. १ स्थित झोङ गुफामा प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव २०७६ गरिने भएको छ । ऐतिहासिक रुपमा परिचित लोमन्थाङ गाउपालिकामा आन्तरिक र बाहय पर्यटक भित्राउने, पर्यटकको बसाई दिन लम्बाउने, गाउपालिका भित्रका पर्यटकीय गन्तव्यहरुलाई टुरिजम सर्किटको रुपमा विकास गरी पर्यटनको माध्यमबाट अत्याधिक जनताको जिवनस्तर उकास्ने, गण्डकी प्रदेश सरकारको आन्तरिक भ्रमण बर्ष २०१९ लाई सफल पार्ने, नेपाल सरकारले घोषण गरेको भिजन २०२० लाई टेवा पुर्याउने र गाउपालिका भित्रका पर्यटकीय गन्तव्यलाई विश्वभर प्रचारप्रसार गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको गाँउपालिकाका प्रशासकिय प्रमुख शुसिल कुमार अर्यालले जानकारी दिनुभयो ।
महोत्सवले स्थानिय उत्पादनको प्रवद्धन र बजारीकरणमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ । “कृषि, खेलकुद, संस्कृतिक, गुफा अनी दरबार ः प्रथम लोमन्थाङ गाउँपालिका महोत्सव पर्यटनको आधार” भन्ने नाराका साथ आयोजित महोत्सवका मुख्य आकर्षणमा गुफा मै बसौ, गुफा मै खाउ, गुफामै रमाउ भन्ने अभिप्रायले संचालित केभ रेष्टुरेण्ट एण्ड लज, याकमा सवार कोरला नाका भ्रमणको अवसर, स्थानीय भेषभुषा सहितको मौलिक घोडादौड प्रतियोगिता, होर्तो प्रतियोगिता, स्थानीय मौलिक भेषभुषा सहितको मौलिक सांस्कृतिक कार्यक्रम, तिर हान्ने प्रतियोगिता, स्थानीय खानहरुको खाना उत्सव लगायत रहनेछन् । महोत्सवका सहभागिले उपल्लो मुस्ताङको ऐतिहासिक पर्व तिजी मेलाको समेत अवलोकन गर्न पाउनेछन् । महोत्सवमा कृषि, हस्तकला, खाना उत्सव लगायतका १७ स्टल रहनेछन् ।
महोत्सवमा पहिलो दिन उद्धघाटन सहित खुल्ला भलिबल प्रतियोगिता, होर्तो घुंयेत्रो प्रतियोगिता, तीर हान्ने प्रतियोगिता, बोरा दौड प्रतियोगिता, बिबिध सांस्कृतिक कार्यक्रम, दोश्रो दिन भलिबल, घोडा दौड र पर्यटकहरुको लागि मुुुसा बिरालो खेल तथा बिबिध सांस्कृतिक कार्यक्रम समावेश गरिने छ । यस्तै महोत्सवको तेस्रो दिन भलिबल, छेलो हान्ने प्रतियोगिता, म्हने नाच बिबिध सांस्कृतिक कार्यक्रम तथा अन्तिम दिन पढाई महोत्सव, पुरस्कार बितरण कार्यक्रम र ज्येष्ट नागरिक सम्मान कार्यक्रम हुनेछ । महोत्सव सम्पन्न गर्नका लागी गाउपालिका अध्यक्ष सुवर्ण कुमार विष्टको संयोजकत्वमा २५ सदस्य महोत्सव आयोजक मुल समिति गठन र विभिन्न ८ वटा उपसमिति गठन गरिएका छन् । महोत्सवको जेठ १६ संघिय सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले उद्धघाटन तथा १९ गते राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सीनाले समापन गर्नुहुनेछ ।
२० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त महोत्सव सम्पन्न गर्न करिब १७ लाख ९६ हजार रुपैयाँ खर्च लाग्ने गाँउपालिकाले जनाएको छ । महात्सवमा २ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।


यात्रा संस्मरण पहिलो पटक पसगाउँ पस्दा…..
कहिलेकाँही अपरझट बनेको योजना, निकै यादगर हुन्छ, यात्रा निकै रमाइलो हुने गर्दछ । जेठ ३ गते परिवारको साथमा नेपाली चलचित्र हेर्न पोखराको एक सिनेमाहल गएको थिए । त्यहिबेला पोखराका पत्रकार युवराज श्रेष्ठसंग भेट भयो । फिल्म संगै हेर्यौ । युवराज दाईले भन्नुभयो – भोली पसगाउँ जाने कार्यक्रम छ, जाने हो ? कत्तिको फुर्सद छ ? पसगाउँको बारेमा जानकारी भएपनि मलाई जाने मौका मिलेको थिएन । उपत्यका बाहिर ननिस्केको पनि धेरै भएको थियो । रिफ्रेस पनि हुन्छ भन्ने सोचे र तुरुन्तै जाने निणर्य गरे । जाने कुरा भयो, तर कार्यक्रम के, कतिबेला जान,े केहि जानकारी भएन । दाईले भोलीपल्टै बिहान फोन गर्नुभयो र छिटो छिटो गरेर म तयार भए । पोखराबाट बस अघि बढ्यो । बेगनासताल, करापुटारको रामबजार हुदै रुदी दोभानबाट बस उकालो लाग्न थाल्यो । यतिबेला सम्मको यात्रा मेरालागि सामान्य नै थियो । बेलाबेला यो बाटोमा मेरो यात्रा तय हुने गर्दछ । किनकी मेरो घर नै करापुटार हो । घर करापुटार भएपनि नजिकैको पसगाउँ जाने वातावरण बल्ल मिलिरहेको छ ।
पसगाउँमा नवौ पसगाउँ महोत्सब सुरु हुदै रहेछ, सोचीरहेको थिए केहि विशेष त पक्कै छ किनकी गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडी पनि सोहि बसमा हुनुहुन्थ्यो । २०६० सालबाट पसगाउँमा महोत्सब हुदै आएको रहेछ । बैशाखको पुर्णीमा पसगाउँमा सति घाँटु पनि हेर्न पाईने भयो । सबै कुरा बसमा थाहा भयो । रुदीमा निकालेको विद्युतगृह हेर्दै कच्चिबाटो । शारिरिक रुपमा जति असहज महशुस थियो मानशिक रुपमा चित्रमा देखेको पसगाउँ कस्तो होला भन्ने उत्सुकता थियो । बसमा नै थाहा पाए की पसगाउले कति फरसिला, रशिला र हँसिला हुन्छन भन्ने । त्यसले पनि पसगाउँ कतिबेला पुगिएला भन्ने सोचिरहेको थिएँ । अझै बाटोमा पसगाउँलेहरुले लालीगुराँस, काफलका कुरा गर्दा मुखमा पानी आईसकेको थियो । एक जना दाईले भन्नुभएको थियो , अहिले असिनाले सब खत्तम पार्यो भाई । असिनाले क्षति पुगेको समाचार पढेपनि मध्ये नेपालको कल्याणबेसीमा मकैको अवस्था देखेपछि मुख चुकचुकाउदै अघि बढीरहेका थियौँ । यो वर्ष लमजुङका धेरै ठाउँमा असिनाले क्षति पुर्याएको छ । मनमा बेचैनी भयो र दाईलाई उत्तर फर्काए, – गाउँमा काम गर्ने कोही छैनन् भएकाले गरेको खेती पनि यस्तो बनाईदिएपछि कसो गर्ने ।
बिहान ७ बजे पोखराबाट हिडेको बस दिउसो करीब १ बजे पसगाउँ पुग्यो । बसबाट झर्न नपाउदै चामलकोे सेतो टिका अनि हातमा फुलको थुङ्गा, उता बाजा बजिरहेको थियो । यहि त हो हाम्रो संस्कृति, यहि त हो संस्कार, आतिथ्य सत्कार माया र पाहुनाको सम्मान आफ्नै मनले आफैलाई भन्दै थियो । पसगाउँलेसंग बाजाको तालमा ढुङ्गैढुङ्गाको सिढि चढेर वडा कार्यलय भएको ठाउँमा पुगियो, वडा कार्यलय भए नजिकै औपचारीक कायर्मक्रम राखिएको रहेछ । ब्यानरमा लेखिएको थियो नवौ पसगाउँ महोत्सब, समुद्घाटन कार्यक्रम । कार्यक्रमको ब्यानर नै च्यात्नेगरि हावा चलिरहेको थियो । बिस्तारै पानी पर्दै थियो । आजको बसाई भनेझै नहोला जस्तो छ, सोचीरहेको थिए । केहि समय त हामीलाई चिसो स्याठले सेक्नु सेक्यो । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङले पसगाउँको बारेमा मलाई जानकारी गराईरहनुभएको थियो । संगै रहेका पसगाउलेसंग कुरा गर्दै आफुलाई चाहिने सामाग्री तयार पार्न लागिरहनुभएको थियो । लाग्यो आस दाई र ति बुबा बिच अन्तरवार्ता चलिरहेको छ । बुबा ४० वर्ष पछि पसगाउँ फर्कनुभएको रहेछ । पहिलेपहिलेका अनुभव सुनाउदै थिए ।
औपचारीक कार्यक्रम सुरु भयो । वक्ता सबैका कुराको सार लगभग एउटै थियो । हामी कहाँनेर चुक्यौँ, किन हामीले आशातीत विकास गर्न सकेनौँ ? हुन पनि पसगाउँमा २०६० सालमा प्रथम पसगाउँ महोत्सब भएको रहेछ । म जादाँ बल्ल नवौँ महोत्सबको ब्यानर देख्दै थिएँ । अब पसगाउले जाग्ने छन् । विकास सुरु भएको छ पसगाउँमा । गाउँमा बस पुगेको धेरै भएकै छैन । विकासको पुर्वाधार हो सडक । गाउँमा सडक पुगेसंगै पसगाउलेको उत्साह पनि निकै बढेको देखिएको छ । पसगाउँ पर्यटन विकास समितिका अध्यक्ष बलराम गुरुङले मसंग भन्दै थिए अहिलेसम्म के के भयो के के, अब तपाई अर्कोपटक आउँदा केहि न केहि फरक देख्नुहुन्छ बाबु । गुरुङ बुबाका कुरा सुनेपछि मेरो पनि मनमा रमाइलो लाग्यो । किनकी मलाई पनि फेरी आउन मन छ पसगाउँ । ं


वास्तबमा पसगाउँ रमणीय छ । पसगाउँलेहरु इमान्दार छन् । समुन्द्री सतहबाट करीब १ हजार ६ सय ५० मिटरको उचाइमा रहेको पसगाउँ पुग्दा अहिले पनि पुराना घर, बस्ती र बाटाहरु, पुरानो रहनसहन अनि आफ्नोपन जोगाईरहेकाछन् पसगाउलेहरुले । म पसगाउँमा पुग्दा बैशाख पुर्णीमा परेको थियो । अन्य ठाउँमा भन्दा फरक तरिकाले नाचिने सतिघाँटुमा ७ कक्षामा पढ्ने २ नानीहरु नाचिरहेका थिए । नाच्नेमध्येकी एक निस्मासंग मैले सोधेको थिए – सतिघाँटुमा लठ्ठै परेर नाच्दा बढी गाह्रो हुन्छ की बेसीबाट उकालो चढेर गाउँ आउदा गाह्रो हुन्छ । लजाउदै निस्मा आफ्ना अभिभावकतिर हेर्दै बेसीबाट गाउँ उकालो चढ्न बरु गाह्रो लाग्छ नाच्न खासै गाह्रो लाग्दैन भनेकी थिईन् । निस्माले अझै अर्को वर्ष घाटुनी बन्नुपर्नेछ ।
किनकी ३ वर्ष ५ वर्ष घाटुनी नचाउने चलन छ पसगाउँमा । त्यसैले उनी अर्को वर्ष पनि घाँटु नाच्नेछीन् । रजश्वला नभएको, शरिरमा कुनै चोटपटक नलागेको, सर्प लगायतका जिवले नडसेको कन्या केटीलाई सति घाँटु नचाईन्छ । त्यसैले पनि होला निस्मा र उनको साथीलाई स्कुलमा साथीहरुले घाटुनी भनेर जिस्काउदा पनि रमाईलो लाग्दो रहेछ । उनका कुरा सुनेपछि मलाई घाँटुको पुस्ता हस्तान्तरणको बारेमा जान्ने रहर लाग्यो । घाँटुका गुरु ९३… छन् । अरु ४ जना उनलाई साथ दिईरहेका छन् । अहिलेसम्म पसगाउँमा यीनै… छन् र घाँटु बाँचेको छ । अबका पुस्ताले यसलाई कसरी गहण गर्लान् प्रश्न चिन्ह छ । क्व्होलासोथर गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष ……सहित अरु ३ जनाले घाँटु गाइरहेका छन् । भाका र लय सिक्न निकै मुस्किल परेको सुनाउछन् । यद्यपी घाँटुका हरफहरु उनिहरुले कापीमा उतारेका छन् ताकी यो दस्तावेज पछिसम्म रहिरहोस् । सति घाँटुसंगै पसगाउँमा कुसुण्डा घाँटु पनि नचाईन्छ । सोरठी, घ्याब्रे, सारंगी लगायतका नाचले जो कसैको मनलाई मोहनी लगाएको हुन्छ ।
परम्परागत हस्तकलामा पसगाउले निकै धनी छन् । पसगाउलेहरु सिस्नो र अल्लोवाट बुनेका झोला, भाङ्ग्रा, स्टकोट लगायतका सामान बनाउछन् । आउने पर्यटकहरुलाई कोशेलीको रुपमा दिने गर्छन् । तर उनिहरुका यी उत्पादनले बजार देखेका छैनन् । सरकारले पसगाउँलेका सामानको प्रचारमा सहयोग गरे अझै कस्तो हुन्थ्यो होला है । कार्यक्रममा मलाई अल्लोबाट बनेको स्टकोट लगाईदिदै गर्दा मेरो मनमा यस्तै कुरा खेलीरहेको थियो । पोखरा बसीरहेको म पसगाउँमा पुग्दा उत्तरतिर हेरीरहेको थिएँ । मेरा आँखाले हिमाल खोजीरहेको थियो तर पसगाउँबाट हिमाल नदेखिने रहेछ । तर हिमाल नदेखिएपनि पसगाउलेहरुको रहनसहन र परम्परागत शैलीले हिमाल खोज्ने आँखा उनिहरुतीरै केन्द्रीत गरिदिन्छ र हिमालले दिने शितलता भन्दा बढी शितला अनि मनमा शान्ति दिन्छ । पसगाउँमा होमस्टे पनि छ । आफ्नै ठाउँमा उत्पादीत खानेकुरा पाहुनालाई पस्कन्छन् उनीहरु । २ सय घरधुरी रहेको पसगाउँमा अहिले २०÷२२ घरमा होमस्टे छ । एक रातमा ५० जना राख्न सक्ने उनिहरु बताउछन् । होमस्टे बिस्तार र प्रचारप्रसार हुदैछ । आशा छ, अर्कोपटक जाँदा पसगाउँ निकै परिवर्तन हुनेछ । बिहानै घामको उदयसंगै आँखाभरी पसगाउँ र मनभरी पसगाउँलेलाई राखेर हामी पोखरा फर्कियौँ ।
गाउँमा सडक पुगेको छ सबैको आशा पसगाउँ विकास हुनेछ, तर गाउँमा सडक पुगेपनि पर्यटन विकासका लागि गुरुङ हेरिटेज ट्रेलको विकास आवश्यक देखिएको छ । वास्तविक गुरुङ को हुन् ? यीनिहरुको संस्कृति कस्तो छ, रहनसहन र बस्तुस्थिति बुझ्नलाई यो पदमार्ग निकै प्रभावकारी हुने देखिन्छ । बेशिसहरबाट ४ दिनको यात्रा हरेक दिन गुरुङको घरमा बस्दै गर्दा त्यसको वास्तविकता बल्ल थाहा पाउन सकिन्छ । लमजुङको बेशिसहरबाट घलेगाउँ, भुजुङ, पसगाउँ हुदै पोखरा फर्कन सकिन्छ । यसको लागि प्रदेश सरकारले बजेट छुट्याएको कुरा गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले सुनाउनुभयो । यो कुरा सुन्दा निकै खुसी लाग्यो । अब यो योजना सफल भयो भने पसगाउँलेलाई पर्यटक स्वागत गर्न भ्याईनभ्याई हुनेछ । यति भन्दै गर्दा परम्परागत कृषि प्रणालीबाट पसगाउलेहरु व्यवसायीक बन्न भने जरुरी देखियो ।
सरकारले आन्तरीक भ्रमण वर्ष मनाउदै छ । हामी नेपालीहरुलाई पनि बिस्तारै घुम्ने इच्छा जाग्दैछ । नयाँ नयाँ ठाउँमा जान नेपालीहरुको रुचि बढ्दैछ । नेपालका हरेक ठाउँ तपाई हाम्रा लागि घुम्न योग्य छन् । हरेक १० किलो मिटरमा फरक जातजाती, भाषा र संस्कृति पाउने नोपालमा घुम्नको लागि थुप्रै ठाउँ छन् तर एक पटक तपाई घलेगाउँ, भुजुङ र पसगाउँ जानुस भन्ने मेरो सुझाव हो । हुन त मलाई औधि मन परेको ठाउँ तपाईलाई मन पर्छ भन्ने छैन , मात्र मेरो सुझाव हो । अन्त्यमा घलेगाउँ, भुजुङ, पसगाउँ वा अरुनै गन्तव्य जहाँ हुन्छ, जाऊँ, सरकारले घोषणा गरेको आन्तरीक भ्रमण वर्ष मनाऊँ । धन्यवाद ।


अवैधानिक रुपमा निर्माण भएका होटल तथा रेष्टुरेष्टको करोडौंको लगानी जोखिममा |
सरोकारवाला निकाय नै मौन बस्दा कास्कीको मर्दी हिमालको पदमार्गमा सार्वजनिक जग्गामा जथभावी रुपमा होटल तथा रेष्टुरेण्टहरु निमार्ण भएकाछन्। स्थानिय सरकार, प्रदेश संरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) मर्दी हिमालको पदमार्गमा पर्ने सार्वजनिक जग्गामा होटल तथा रेष्टुरेण्टहरु निर्माण हुदा मौन बस्दा हाल उक्त क्षेत्रमा धमाधम होटल तथा रेष्टुरेण्टहरु निर्माण भएको स्थानियले गुनासो गरेकाछन् । कुनै क्षेत्रबाट अवैधानिक रुपमा निर्माण भएका होटल तथा रेष्टुरेण्टको समयमै नियमन नहुदा मर्दी हिमालको पद मार्गमा पर्ने वन जंगल देखि वातावरणमा समेत जथभावी रुपमा फोहोर भएको मर्दी हिमाल ट्रेक व्यबस्थापन समितिका सचिव शिव भण्डारीले बताए । कास्कीको माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी हिमालको पदमार्गमा अवैधानिक रुपमा करिब १० वटा होटल तथा रेष्टुरेण्टहरु निमार्ण भएको उनले जनाए । उतिकै सङख्यामा हाल सो क्षेत्रमा होटल तथा रेष्टुरेण्टहरु धमाधम निर्माको क्रममा रहेको सचिव भण्डारीले जनाए । समितिका सचिव भण्डारीले मर्दी हिमालमा मापदण्ड विपरित होटल तथा रेष्टुरेष्ट निर्माण नगर्न स्थानियलाई आग्रह गर्दा हटेर गरी वातावरण र वन जंगल नै फडानी हुने गरी होटल तथा रेष्टुरेण्ट संचालन भएको दाबी गरे । उनले भने “ संघियताको लागु भए पनि धेरै नियमहरु लागु नभएकोले यसको मौका छोपी मर्दी हिमालको पदमार्गमा केहिले होटल तथा रेष्टुरेण्ट धमाधम निर्माण गरेका छन्, यसमा हामीले वडा कार्यालय, माछापुच्छ«े गाउँपालिका र ए क्यापलाई समेत जानकारी गराउदा उनीहरु मुक दर्शक भयर बसेका छन् । ”


डुड खर्क देखि फेरेसक्याम्प, बादल डाँडा, हाइक्याम्प (भ्यू प्वाइन्ट) सम्मको क्षेत्रमा विगत दुई बर्ष देखि अवैधानिक होटल तथा रेष्टुरेण्ट निर्माण भएको स्थानियले जनाए । मर्दी हिमालको पदमार्गमा केहीले एक्यापसंग एक प्रकारको सम्झौता गरी चियापसल देखि होटल तथा रेष्टुरेण्ट समेत संचालन गर्दै आएकाछन्। माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले मेर्दी हिमाल टे«क क्षेत्रमा आफुहलाई हटेर गरी विगत देखि हालसम्म पनि केही व्यवसायीले होटल तथा रेष्टुरेण्ट निर्माण गरेको बताए । सार्वजनिक जग्गामा वन जंगल समेत फडानी गरी होटल सहितको स्थायी बसोबासको लागि पक्की भवन बनाउदा आफुहरुले उजुरी गर्दा पनि गाउँपालिकाले केही गर्न नसेको उनले गुनासो गरे । पर्यटकहरुको लागि होटल तथा रेष्टुरेण्ट आवश्यकता भएको भन्दै स्थानियले स्थानिय सरकारलाई नै अटेर गरी होटल तथा रेष्टुरेण्ट निर्माण गरेको उनले जनाए । मर्दी हिमालको पदमार्गको अधिकाशं भाग वडा नम्बर ९ मा पर्ने भएकोले गर्दा अधिकाशं अबैधानिक होटल तथा रेण्टुरेण्टहरु वडा नम्बर ९ मै निमार्ण भएका छन् ।


अमृत तामाङले विगत दुई बर्ष देखि मर्दी हिमालको पदमार्गमा पर्ने लोक्याम्पमा लोक्याम्प गेष्टहाउस संचालन गर्दै आएकाछन्। एक्यापले उक्त होटलल निर्माणको क्रममा केही अबरोध गरे पनि आफुले पर्यटकहरुको सेवाको लागि उक्त होटल संचालन गरेको उनले जनाए । ५ रुमको उक्त गेष्टहाउसमा करिब ५० लाख लगानी भएको उनीले बताए । एक्याप पोखराका प्रमुख राजकुमार गुरुङले मर्दी हिमालको पदमार्गमा केहीले अस्थायी रुपमा चिया पसल देखि होटल तथा रेष्टुरेण्ट संचालन गर्न अनुमति लिए पनि पछिल्लो समयमा धेरैले धमाधम आफुहरुलाई अटेर गरी होटल तथा रेष्टुरेण्ट निर्माण गर्ने गरेको जनाए । मर्दी हिमालको पदमामार्गमा पर्ने सार्वजनिक जग्गामा अवैधानिक रुपमा संचालन गरेका केही होटल तथा रेष्टुरेण्टहरुको मुद्धा समेत परेको उनले जनाए । पहिलो पटकमा सम्झाई बुझाई गरेको त्यस पछि पत्र दिएर सार्वजनिक जग्गामा कुनै संरचना निमार्ण नगर्न लागु गर्न अटेर गरेकोले मुद्धा समेत हाल्ने गरेको प्रमुख गुरुङले जनाए ।
माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्ण बहादुर गुरुङले मर्दी हिमालको पदमार्गमा सरकारी सम्पक्ति माथि जथभावी भौतिक संरचना निर्माण गरेको बताए । मर्दी हिमालको पदमार्ग पर्यटकीय क्षेत्र भएको आफुहरुलाई स्थानीयले अटेर गरी होटल तथा रेष्टुरेण्टहरु धमाधम निर्माण गरेको उनले जनाए । यस बिषयमा प्रदेश सरकारलाई जानकारी गराउदा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा स्थानिय निकाय वडा देखि गाउँपालिकाको भएको बताए । सार्वजनिक स्थलमा जो कसैले कुनै प्रकारको भौतिक संरचना निमार्ण गर्न नुहुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार