गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमितहरु कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्याङ्जाका ३० जना, म्याग्दीका ६ जना, नवलपुरका २० जना र लमजुङ्का ४ जना डिस्चार्ज भएका हुन् ।
यससंगै गण्डकीमा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ४ सय ४३ पुगेको छ ।
गण्डकीमा हालसम्म १ हजार ६ सय ११ जना संक्रमित भएका छन् । यि मध्ये ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा क्षयरोग उपचार केन्द्र पोखरामा ७८२ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २८ नमुना परिक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार