नेपाल आदिवासी जनजाति महासंघ फोनिजको २१ औं स्थापना दिवसका अवसरमा पोखरामा २ जना आदिवासी पत्रकार सम्मानित भएका छन् ।
फोनिजको स्थापना दिवशको अवसरमा फोनिज गण्डकी प्रदेशको आयोजनामा कास्की र बाग्लुङका दुई जना पत्रकारलाई सम्मान गरिएको हो । पोखराका व्यवसायी तथा समाजसेवी विमलमान गुभाजूद्वारा आफ्ना स्व. माता पिता वेदमान तथा नेत्रकुमारी गुमानूको नामबाट स्थापना तथा फोनिज गण्डकी प्रदेशको संयोजनामा कञ्चन पत्रकारिता पुरस्कार २०७७ बाट कास्कीका पत्रकार रुद्रहादुर थापामगर तथा बाग्लुङका पत्रकार राजेशचन्द्र राजभण्डारी सम्मानित भएका हुन् ।
लामो समयदेखि पत्रकारितामा सक्रिय सम्मानित दुवैलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नगद २५ हजार सहित सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान पश्चात कार्यक्रममा बोल्दै पत्रकार राजभण्डारीले सम्मान पछि आफूलाई पत्रकारितामा अझै अगाडी बढ्न उर्जा मिलेको बताए । राजभण्डरीले शरीर र सासले साथ दिँदासम्म पत्रकारिता नै बताएका छन् । त्यस्तै अर्का सम्मानित थापामगरले पत्रकारितामा नै जीवन बिताउने बताउँदै उनले इमान्दारिताका साथ अझै यही क्षेत्रमा काम गर्न उर्जा मिलेका धारणा व्यक्त गरे ।
यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री गुरुङले विश्वभरीनै कोरोना भाइरसले महामारीको रुप लिए जस्तै कम्युनिस्ट पार्टीमा पनि एक किसिमको भाइरस छिरेको बताएका छन् ।
पुरस्कारदाता गुभाजूले कार्यक्रममा आदिवासी जनजाति पत्रकारका लागि आफ्नै स्व. आमाबाबाको नाममा ६ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गरेका छन् । कायक्रममा संस्थालाई पु¥याएको योगदानका आधारमा आभारपत्र सहित पुरस्कार तथा अक्षयकोषदाता गुभाजू, अधिवक्ता जुनाकुमारी गुरुङलाई समेत सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार