आज विश्व प्राथमिक उपचार दिवस नेपाल लगायत विश्वभर मनाइँदै छ । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज यो दिवस मनाउन लागिएको हो । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाउने गरिन्छ ।

भरतपुरमा गरिएको नमुना परिक्षणमा ८७ जनामा कोरोना संक्रमण


यस वर्ष विश्वव्यापी महामारी कोरोना भाइरसका कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना गरिएका छैनन् । तथापी नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाउँदै प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन लगायतका गतिविधिहरू ७७ वटै जिल्लामा आयोजना गर्ने बताएको छ ।

कोरोना भाइरसका कारण विश्वभर ९ लाख १९ हजार बढिको मृ-त्यु


हालसम्म मुलुकभर एक हजार दुई जना प्रशिक्षक र ३० हजार जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएकोे नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । नेपाल रेडक्रसको प्राथमिक उपचार पाठ्यक्रमलाई नेपाल सरकारबाट मान्यता प्राप्त छ । नेपाल रेडक्रसले आफ्नो स्थापनादेखि नै प्राथमिक उपचार सेवालाई प्राथमिकतामा राखेर कार्य अघि बढाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार