पोखरा, वैशाख ।
नेपाली चलचित्र ‘वीर विक्रम २’ आगामी जेष्ठ ३ गतेबाट प्रर्दशनमा आउने भएको छ । पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्र ‘वीर विक्रम’ सिक्वल नभई सिरिज भएको बताए । चलचित्र फरक कथामा आधारित रहेको उनले बताए । वीर विक्रम पहिलो चलचित्रलाई जस्तै यसलाई पनि साथ दिन उनले आग्रह पनि गरे । उनले अहिले चलचित्रको व्यापार शुन्य भएपनि कलाकारहरुले आफ्नो पारिश्रमिक वृद्धि गरिरहनु उचित नहुने तर्क गरे ।


कार्यक्रममा नायक पल शाहले चलिचित्र विर विक्रम २ स—परिवारका हेर्न मिल्ने भएको बताए । अहिले नेपाली चलचित्रहरुको अवस्था नाजुक भएको समेत उनले बताए । कलाकार नाजिर हुसेनले उनका लागी चलचित्र विर विक्रम असाध्यै महत्वपुर्ण रहेको बताए । नायिका वर्षा शिवाकोटीले चलचित्रले दर्शकहरुको चाहाना र भावनालाई समेट्ने बताईन् । कलाकार बुद्धि तामाङ्ग यस चलचित्रमा नकारात्मक भुमिका रहेका छन् । त्यसकारण आफुले दर्शकहरुको प्रतिक्रिया पर्खिरहेको उनले बताए । नेपाली चलचित्रको बजार फेरी तात्नेमा आफु विश्वस्त रहेको कलाकार तामाङ्ले बताए ।
जेठ ३ गतेबाट देशैभरी प्रर्दशनमा आउने चलचित्रमा मिलन चाम्सको निर्देशन तथा वर्षा शिवाकोटी, पल शाह, नाजिर हुसेन, बुद्धि तामाङ्ग, बाल कलाकार मनिष लिम्बु लगाएतको अभिनय रहेको फिल्म युनिटले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार