पोखरा, जेठ ।
फेवातालमा पुनः आज (सोमबार) हावा हुरीसंगै आएको ठुलो छालमा परी डुंगा डुबेर तालमा अत्तालिएका ७ जानको उद्धार गरिएको छ । एपिएफ फेवा लेक रेस्क्यु टावरको टोलीले सामेबार दिउँसो फेवातालको बिच भागमा डुंगा डुबेर तालमै तैरिरहेका ५ जना र २ जना कायकिङ गर्दै गर्दा तालमै अत्तालिएकाको सकुसल उद्धार गरेको हो । सोमबार दिउँसो करिब ३ः४० बजे हावा हुरीसंगै आएको पानीको छालमा परी काठमाण्डौंबाट पोखरा घुम्न आएका ५ जनाको समुह लाइफ ज्याकेट लगाएको हुदा समयमै उद्धार हुन सफल हुदा उनीहरुको ज्यान बच्न सफल भएको हो ।

काठमाण्डौंका २७ बर्षीय विनोद अर्याल, २० बर्षकी सविना मर्हजन, २२ बर्षकी मिनी मर्हजन, २१ बर्षका अजित मर्हजन र २० बर्षकी जरिमा महर्जनको समुहलाई शसस्त्र प्रहरी सहायक निरिक्षक दीपेन्द्र विष्टको टोलीले समयमै सकुसल उद्धार गरेको हो । उनीहरु सवार भएको डुंगा पानीको छालले गर्दा डुबे पछि उनीहरु कराउदै एक आपसमा अंगालो हालेर बसेका थिए । केहीले अत्तालिदा पानी समेत खान पुगेका थिए । उक्त डुंगामा सवार सवैले लाइफ ज्याकेट राम्रोसंग लगाएका कारण पानीको छालमा पनि तालमै तरिएको अबस्थामा रेस्क्यु टिमले उद्धार गर्न सफल भएको हो । उनीहरु सवार डुंगा तालमै डुबे पछि उनीहरु निकै त्रसित अबस्थामा रहेको बताइन्छ । आफै डुंगा लियर तालमा घुम्न निस्केका उनीहरु तालको करिब बिच भागमा रहेका थिए ।


त्यसै गरी तालबाराही मन्दिरको पछाडि पट्टि तालको भागमा कायकिङ गर्दै गरेका पोखरा नदीपुरका २२ बर्षीय शाइरस गुरुङ र छोरेपाटनका २५ बर्षीय रोनाल मगरलाई पानीको छालमा परी अत्तालिएको अबस्थामा रेस्क्यु टिमले उद्धार गरेको थियो । फेवातालमा जथभावी रुपमा पाइपहरु राखेका कारण फेवातालमा उद्धार गर्न कठिनाइ परेको सहायक निरिक्षक विष्टले गुनासो गरे । उनले भने “ फेवातालमा विभन्नि कारणले डुवेका तथा अलपत्र परेकाहरुको हामीले उद्धार गर्नको लागि तयारी अबस्थामा रहेका हुन्छौं, यद्यपी संग साइरन नभएकोले गर्दा कहिले काहिँ ढिलो गरी सुचना प्राप्त हुने गरेको छ, अर्को कुरा भनेको तालमा जथभावी रुपमा रहेका पाइपले गर्दा हामीले मोटरवोर्टबाट उद्धार गर्न कठिन हुने गरेको छ । ” यसैबिच केही साता अघि हावा हुरीसंगै आएको ठुलो छालमा अत्तालिएका एक विदेशी सहित ७ जनालाई रेस्क्यू टिमले उद्धार गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार