जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गयराति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।
पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी किंग्सले कोमनले एकमात्र गोल गरेका थिए । उनले ५९ औं मिनेटमा जोसअ किम्मिकको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।
आफ्नै देशको क्लबलाई हराउन गोल गरेका २४ वर्षीय कोमनले करियरको २० औं उपाधि जितेका हुन् । पहिलो पटक फाइनल पुगेको पीएसजीको च्याम्पियन्स लिग जित्ने सपना यसपटक पूरा हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार