आजदेखी विश्व स्तनपान सप्ताह नेपालमा पनि सुरु गरिएको छ । स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार भन्ने नाराका साथ नेपालमा पनि यो सप्ताह मनाउन लागिएको हो ।
स्वास्थ्य अधिकारीहरुले आमाको दुध शिशुका लागि अमृत समान भनेका छन् । शिशु जन्किएको एक घण्टा भित्रै आमाको दुध चुसाउन उनिहरुको सुझाव छ ।

आमाको पहेलो विगौती दुध शिशुका लागि पहिलो खोप भएकाले यसले रोग संग लड्न सक्ने तत्व प्रदान गर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
शिशुलाई जन्मदेखी ६ महिनासम्म आमाको दुध मात्र खुवाउन उनिहरुको सुझाव छ । ६ महिनासम्म आमाको दुध खुवाए पुग्ने भएकाले पानी समेत खुवाउनु नपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
आजदेखी सुरु भएको सप्ताह साउन २३ गतेसम्म मनाइनेछ । स्तनपान संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्ले सा् १९९२ देखि विश्वभर अगष्ट १ देखि ७ तारिखसम्म सप्ताह मनाउन सुरु गरिएको हो । आमा र शिशु दुवैका लागि स्तनपान महत्वपूर्ण हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार