पोखरा, चैत ।
विभिन्न कारणले अध्ययन गर्नबाट बञ्चित भएका महिलाहरुलाई साक्षर बनाउने उद्देश्यले उपमेयसंग महिला कार्यक्रम मार्फत शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ मा रहेको निर्मल टोल विकास संस्थाका महिलाहरुलाई उपमेयसंग महिला कार्यक्रम मार्फत तीन महिने शैक्षिक सहजता कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको पोखरा महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार उद्घाटन गरिन् । उनले हिजो विभिन्न कारणले शिक्षा आर्जन गर्नबाट बञ्चित भएका आमा दिदिबहिनीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताइन् । उनले शिक्षा सिकाई भएकाले मानिसले जन्मदेखि सिकाई सुरु हुने र कहिल्यै अन्त्य नहुने बताउदै सिक्न हिचकिचाउन नहुनेमा जोड दिइन् । उनले शिक्षाको कारण महिला पछाडी परेको बताइन् । नेपालको संविधानले महिलालाई धेरै अधिकार दिएको भएपनि अधिकारका बारेमा ज्ञान नहुदाँ प्रयोग गर्न नपाएको भन्दै महिलासंग उपमेयर कार्यक्रम मार्फत शसक्तिकरण अन्र्तगत शैक्षिक सहजता कार्यक्रम ल्याएको बताइन् ।

निर्मल टोल विकास आमा समुहका अध्यक्ष कमला परियारले शिक्षा प्राप्त गर्न नसक्दा आफनो नाम लेख्न नसक्ने हामीहरुलाई कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् । उनले कार्यक्रमपछि लेख्न, मोबाई चलाउन र हिसाव राख्न सक्ने सक्षम हुने बताइन् । निर्मल टोल विकास संस्थाका अध्यक्ष भक्तराम विकले शैक्षिक सहजता कार्यक्रमले टोलका दिदि बहिनीहरुलाई केही सहजता प्रदान गर्ने बताए । प्रशिक्षक कोपिला पौडेलले टोलका महिलाहरुले सिक्न ध्यान दिनुपर्ने बताउदै इच्छा शक्ति भए उमेरले केही फरक नपार्ने बताइन् । पोखरा महानगर वडा नम्वर १५ का अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पार्बती कार्की र त्रिवेणी पौडेलले लगायतले कार्यक्रम प्रभावकारी हुने विश्वास ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार