पोखरा, २४ माघ ।
विप्लव नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन अखिल क्रान्तीकारीले विहिबार देशभरीका शैक्षिक संस्थाहरुमा आमहड्ताल गरेको छ ।
राज्यले संगठनका केन्द्रिय कोषाध्यक्ष नरेन्द्र वि.कलाई गिरफ्तार गरि झुठ्ठा मुद्धा चलाएको भन्दै अखिल क्रान्तीकारीले  देशभरीमा शैक्षिक संस्थाहरुमा हड्ताल गरेको हो ।


संगठनले जारी गरेको विज्ञप्तीमा वि.कको गिरफ्तारीलाई विनाकारण भनिएको छ । हड्तालका कारण लाखौ विद्यार्थीहरुको पढाई प्रभावित हुने निश्चित छ ।

यसैविच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पनि विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

उसले पनि राज्य आतंकका विरुद्ध आगामी २८ गतेदेखी देशभरिका शैक्षिक संस्थाहरु अनिश्चितकालिन बन्द गर्न सक्ने चेतावनी जारी गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार