मन्त्रिपरिषदको बैठकले हङकङको महावाणिज्य दूतमा उदय रानामगर नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले यो निर्णय गरेको हो ।
यस्तै ल्हासाका लागि महावाणिज्य दूतमा नवराज ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
साथै कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौ १५ सम्म निषेध गरिएका विषयहरुलाई भदौ मसान्तसम्म लम्बाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार