काठमाण्डौ, वैशाख ।
धरहरा निर्माण कार्यमा लागेका रमन कन्ट्रक्सनका प्रोप्राईटर रमन महतोले आगामी दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने आफुहरुको लक्ष्य रहेको बताउनुभएको छ । बिहिबार काठमाडौमा आयोजित कार्यक्रममा उहाले निर्धारित मितिमै धरहरा निर्माण लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्नुभयो । आफु सरकारको ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने अभियानमा लागेको बताउदै उहाले सरकारसंगको आधिकारिक सम्झौतापश्चात् धरहरा निर्माण कार्यको प्रगति रहेको बताउनुभयो ।


प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुसंगको छलफल सम्पन्न भईसकेको र वरिपरिको सडकको बारेमा पनि छलफलकै माध्यमबाट समस्याको सामाधान निस्किसकेको उहाले बताउनुभयो । उहाले करिब ४२ रोपनी क्षेत्रफलमा फैलिएको योजनाअनुरुप अबको दुई तीन महिनाभित्र हाल रहँदै आएको गौशारा हुलाकको कार्यालयपनि स्थानान्तरण भईसक्ने भएका कारण आफुहरुलाई थप मार्गप्रशस्त हुने धारणा राख्नुभयो । प्रस्तावित २२ तले भवनको फाउन्डेसनको कार्य सम्पन्न भईसकेको पनि उहाले बताउनुभयो ।
त्यस्तै, नेकपाका नेता रामवीर मानन्धरले विनाशनै विकासको जननी भएका कारण अब बन्ने धरहरा नमुनाकै रुपमा निर्माण गरिनुपर्ने धारणा राख्नभयो । सरकारले ठेकेदारलाई जिम्मेवारी दिईसकेकोे कारण पनि अब पुनः निर्माण कार्य समयमै सम्पन्न हुनुपर्ने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार