पोखरा, वैशाख ।
नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई परिस्कृत नभएको निबन्धको संज्ञा दिनुभएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको पनि आरोप लगाउनुभयो । उहाले नीति तथा कार्यक्रम एक वर्षको लागि भएकोले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि टिप्पणी गर्नुभयो ।


त्यस्तै उहाले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि स्पष्ट पार्नुभयो । डा. महतले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा धेरै कार्यक्रमहरु ल्याईएकोप्रति असन्तुष्टि पोख्नुभयो । नीति तथा कार्यक्रममा कुनै प्राथमिकता नै नभएको भन्दै उहाले सरकारले संस्थागत क्षमता र कार्यान्वयन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाले मुलुकमा सरकारले हल्ला गरेजस्तो सुशासन नभएको उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार