काठमाण्डौ, वैशाख ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइले नेपालमा पूँजीबादी शक्ति शसक्त नभएकै कारण यसअघि पूँजीबादी क्रान्ति हुन नसकेको बताउनुभएको छ । आइतबार काठमाडौमा कार्ल माक्र्स द्धिशतबार्षिकि बिषेशांक सावर्जनिक कार्यक्रममा उहाले काग्रेसलाई पूँजीबादी भनेपनि वास्तवमा काग्रेस पूँजीबादी नभएको तर्क गर्नुभयो । कम्युनिष्टहरुले पूँजीबादी क्रान्ति गरेकाले माओवादी सफल भएको उहाको भनाई छ ।


उहाले द्धन्दबादी भौतिकवाद नभइ भौतिकवाद द्धन्दबादबाट नै एकता सघर्षबाट मुलुकलाई रुपान्तरण गर्न सकिने धारणा राख्नुभयो । उहाले अहिले मुलुकमा पूँजीबादलाई बुझ्न नसक्दा भ्रष्टाचार मौलाएको तर्क गर्नुभयो । कार्यक्रमका सहभागीहरुले कम्युनिष्टभित्र कार्ल माक्र्सको महत्वका बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार