कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि दोलखामा आगामी भदौ ६ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको बैठकले दोलखामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।
जिल्लाका केही स्थानीय तहमा समेत कोभिड –१९ का संक्रमित देखिएको र जिल्लामा संक्रमण फैलिन नदिन र नियन्त्रणलाई प्रभावकारी बनाउनका लागि जिल्लाभर लकडाउन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जनाकारी दिए ।
आज बिहान ६ बजेदेखि भदौ ६ गते राति १२ बजेसम्म अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन र जिल्लाभर सवारी साधन सञ्चालन गर्न पूर्ण रुपमा रोक लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार