पोखरा स्वास्थ्य वित्रान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचाररत ७ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् ।
उनिहरु मध्ये ५ जना कास्कीका रहेका छन् भने १ जना बेतिया र १ जना पर्वतका रहेका अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७५ पुगेको छ । जसमा १३८३ जना निको भएका छन् ।
४ जनाको मृत्यु भएको छ । १८८ जनाको उपचार भैरहेको छ । हाल क्वारेन्टिनमा १०११ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार