पोखरा, वैशाख ।
विपदको जोखिम न्युनिकरणका लागी गण्डकी प्रदेशका हव र स्याटेलाईट अस्पतालहरुको पुर्वाधार सुधारमा सरोकारवालाहरुले जोड दिएका छन् । प्रदेशका ति अस्पतालहरुको विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागी पोखरामा भेला भएका स्वास्थ्य अधिकारीहरुे यस्तो जोड दिएका हुन् । सिंगो मुलुकमा विभिन्न कारणले आउन सक्ने विपद्को जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागी स्थानिय संयन्त्रहरुलाई थप क्रियाशिल बनाउनु पर्नेमा उनिहरुको जोड छ । प्रत्येक स्थानिय तहहरुमा आपतकालिन विपद्का उद्धार पुर्वाधारहरु निर्माण आवाश्यक रहेको उनिहरुको तर्क छ ।


पोखरामा आयोजित गण्डकी प्रदेश अन्तरगतका हब र स्याटेलाईट अस्पतालहरुको विपद पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण विषयक तिन दिने कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पृथ्वीशुब्बा गुरुङ्ले विपदको पुर्व तयारीका लागी पुर्वाधार निर्माणमा जोड दिए । आधुनिक प्रविधि युक्त पुर्वाधार र उपकरणको व्यवस्थामा जोड दिएका उनले मानवसृजित विपत्तिको न्युनिकरणका लागी जनचेतना अभिवृद्धिको आवाश्यकता पनि औल्याए ।


सोही कार्यक्रममा बोल्दै गण्डकी प्रदेका आन्तरीक मामिला तथा कानुन मन्त्री हरि बहादुर चुमानले विपदको पुर्व तयारीमा एकिकृत भएर लाग्नु पर्ने बताए । विपद्को सामाना एकिकृत शक्तिले मात्र सम्भव हुने बताएका उनले नागरीक स्तरसम्म चेतना बढाउनु पर्नेमा बताए ।


यस्तै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले उद्धार र राहतका नाममा गठित संयन्त्रहरु स्वत स्फुर्त रुपमा संचालित हुनु पर्नेमा जोड दिए । विपदका बेला तालुक निकायको आदेश पर्खने परम्पराले क्षेतिको वृद्धिदरलाई प्रशय दिने भएकाले विपद् भयावह हुने गरेको उनले बताए ।


नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले विपद्को जोखिम कम गर्न पुर्व तयारी नै महत्वपुर्ण हुने बताए । विपद् पछिको प्रतिकार्यका लागी आवाश्यक दक्ष जनशक्तिको सिघ्र परिचालनले क्षेतिलाई घटाउन सक्ने उनले बताए ।


आईतबार सम्म चल्ने उक्त कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य अधिकारी सहित सरोकारवालाहरुको सहभागीता रहेको छ । उनिहरुले वर्षायामको आवागमनसंगै मुलुक विपद्को मुखमा रहेकाले सचेत रहन सवैलाई आह्वान समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार