नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई जना उच्च प्रहरी अधिकृतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अस्पतालका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा संक्रमण भेटिएको हो ।
नेपाल प्रहरीका एक उच्च अधिकृतले उनिहरुमा संक्रमण देखिएको पुष्टि गरेका हुन् । हालसम्म अस्प्तालमा कार्यरत ३६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने हाल प्रहरी प्रधान कार्यालय र हेक्वार्टर मातहतका इकाइमा गरी १५५ जनामा सक्रिय संक्रमण रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार