पोखरा, ०५ चैत्र ।
धुर्मुस सुन्तली फाउन्डेसनले मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेल’धुर्मुस’ले चैत २३ गते कीर्तिपुरमा प्रतियोगिता हुने जानकारी गराउनुभएको हो । चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला थप रकम संकलनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उहाले बताउनुभयो । यस खेलमा राष्ट्रिय टिम ‘ए’ र राष्ट्रिय टिम ‘बी’ बिच प्रतिष्पर्धा हुनेछ ।


टिम ‘ए’ को प्रतिनिधित्व पारस खड्काले गर्नेछन् भने टिम ‘बी’ को प्रतिनिधित्व ज्ञानेन्द्र मल्लले गर्ने कट्टेलले जानकारी दिनुभयो । खेललाई अझ रोचक बनाउनका निम्ति क्रिकेट खेलाडीको प्रतियोगिता अगावै कलाकारहरूको पनि प्रतियोगिता राखिएको छ । कलाकारहरूलाई पनि दुई टिममै विभाजन गरिएको छ । कलाकारको टिमको प्रतिनिधित्व वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्ने फाउण्डेशनले जनाएको छ । फाउन्डेसनका अध्यक्ष कट्टेलले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार स्म्मेलनमा पारस खड्काले क्रिकेट रंगशाला निर्माणका लागी फाउन्डेसनको मात्र दायित्व नभएको भन्दै यसमा सवै सरोकारवालाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रतियोगीता हेर्नका लागी रु १ हजार र तीन सयको टिकट राखिएको छ । खेलको माध्यमबाट राष्ट्र राष्ट्रबीच सम्बन्ध जोड्ने काम पनि गर्ने विश्वास फाउन्डेसनले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार