कोभिड १९ आइसोलेसन तथा अस्थाई उपचार केन्द्र बुर्तिबाङको आइसोलेसन २ मा उपचाररत ३ जना कोरोना संक्रमित निको भएका घर फर्किएका छन् ।

पोखरा महानगरपालिकामा १४ सहित गण्डकी प्रदेशमा फेरि थपिए ३८ जना कोरोना संक्रमित


प्राथामिक स्वास्थ्य केन्द्र बुर्तिबाङका मेडिकल अधिकृत डा.मिलन मल्लका अनुसार ढोरपाटन नगरपालिकाका १ जना पुरुष, निसिखोला गाउँपालिकाकी १ जना महिला र तमानखोला गाउँपालिकाका १ जना पुरुष निको भएर घर फर्किएका हुन् ।
उनिहरुलाई २ हप्ता होम क्वारेन्टिनमा बस्ने गरि डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ । हालसम्म सो केन्द्रमा ५४ जना भर्ना भएकामा ४७ जना निको भएका छन् भने ७ जनाको उपचार चलिरहेको छ ।

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना


विवरण अनुसार ढोरपाटन नगरपालिका संक्रमणमुक्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार