बागलुङको ढोरपाटन नगरपालिकामा अघिल्लो राति आएको बाढिमा परि वेपत्ता भएकाहरुको खोजि कार्य जारी रहेको छ ।
सो बाढीमा परि ३५ जना वेपत्ता भएका अनुमान गरिएको छ । १४ जनाको शव फेला परेको छ ।
४ जनाको मात्र सनाखत भएको छ । ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ ।
भुजिखोला किनारमा पर्ने सुपराङ, बगालेडाँडा, घट्टबो, लाकुरिबोट, दुने पदेरा, दोगाडी र अधिकारिचौर आसपासको बस्ति बगाउदा ठुलो जनधनको क्षति भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार