बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ७, ८, ९ स्थित भुजिखोलामा आएको बाढि तथा पहिरोमा परि बेपत्ता भएका मानिसहरुको खोजि कार्य जारी छ ।
ढोरपाटन नगरपालिकाका प्रशसकिय अधिकृत धन प्रसाद पोखरेलका अनुसार त्यस क्षेत्रका ५० बढि घर गोठहरु बाढीले बगाउदा दर्जनौ मानिसहरु हराईरहेका छन् । उनिहरुको खोजि कार्य विगत तिन दिनदेखी जारी छ ।
अहिलेसम्म १६ जनाको शव फेला परेको छ भने, झण्डै २ दर्जन मानिसहरु हराएका छन् । सो क्षेत्रको सुपराङ, बगालेडाँडा, घट्टबो, लाकुरिबोट, दुने पदेरा, दोगाडी र अधिकारिचौर आसपासको बाढिले बगाउदा ठुलो जनधनको क्षति भएको छ ।
प्रभावित क्षेत्रको नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा र गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतको सरकारी टोलीले अवलोकन सहित राहत विवरण गरि फर्किएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार