काठमाण्डौ, वैशाख ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले महानगरीय अपराध अनुसन्धान महाशाखामा आफ्नो कार्यकाल सफल भएको बताउनुभएको छ । प्रहरी तालिम निर्देशनालयमा सरुवा भएर जानुअघि बिहिबार पत्रकार सम्मेलन गर्दै सिंहले ९८ प्रतिशत घटनामा आफूले सफलता हाँसिल गरेको दाबी गर्नुभयो ।


उहाले आफूले प्रहरीको मनोबल उठाउने काम गरेको पनि बताउनुभयो । लुटपाटदेखि गौचनहत्या काण्डका फरार अभियुक्तलाई पक्राउ गरिएको घटना तथा नेतृत्वमा एनसेल कार्यालय अगाडि भएको बम विष्फोटमा संलग्न व्यक्तिहरु पक्राउ परेको उहाले बताउनुभयो । उहाले आफ्नो कार्यकालमा ८ सय ४८ वटा मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।
उहाले प्रहरी कुनै पनि निकायबाट दुरुपयोग नहुने धारणा राख्दै सवै कुरामा व्यवसायिक काम गरिनुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार