पोखरा, चैत ।माछापुच्छे« गाउँपालिका–८, खोरामुख स्थित शहीद हरीप्रसाद आधारभूत विद्यालयमा गत असोज १२ गतेदेखि २० गतेसम्म भएको शैक्षिक एवं धार्मिक महोत्सवको आय–व्यय सार्वजनिक गरिएको छ ।
महोत्सव मुल आयोजक समितिले बुधवार विद्यालयमा पत्रकार सम्मेलन गर्दै सोबारे जानकारी दिएको हो ।जसअनुसार कुल रु.एक करोड १४ लाख २६ हजार ६ सय ७१ आम्दानी भएकोमा महोत्सव संचालानार्थ रु.५५ लाख ९४ हजार २ सय २७ खर्च भएको तथा रु.१२ लाख ५३ हजार १ सय ६१ उठ्न बाँकी रहेको महोत्सवका संयोजक ललितमान गुरुङले जानकारी दिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा सदस्य नविन रानामगरले सबैको सद्भावबाट महोत्सव सफल भएको भन्दै महोत्सवको उद्देश्य परिपुर्ती गर्न सबै सरोकारवाला लाग्नुपर्नेमा जोड दिए ।उनले विद्यालयको शैक्षिक भविष्यको कामना पनि गरेका थिए ।
विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङले विद्यालयको सर्वाङगीर्ण विकासमा लागि महोत्सव गरिएको स्मरण गर्दै शहीद परिवारका बालबच्चालाई पठनपाठनमा विशेष प्राथमिकता राखिने बताए ।उनले विद्यालयले आर्थिक हिनाविना नगर्ने स्पष्ट पार्दै अभिभावकलाई विद्यालय प्रति चाँसो राख्न आग्रह पनि गरेका थिए ।
प्रधानाध्यापक बलराम रानाभाटले महोत्सवमा सहयोग पु¥याउने सबैप्रति धन्यवाद दिएका थिए ।विद्यालयले ढिलै भएपनि महोत्सवको उद्देश्य पुरा गरेरै छाड्ने उनको दृढता थियो ।उनले महङगो शिक्षाको अन्त्य गरी सर्वसुलभ शिक्षामा ध्यान दिन पनि गाउँलेलाई सुझाएका छन्।
त्यस अवसरमा महोत्सवका आर्थिक संयोजक बाबुराम पौडेल, नेपाली काँग्रेस वडा सभापति समबहादुर गुरुङ लगायतले पनि धारणा राखेका थिए ।कार्यक्रमका बीच महोत्सव मूल आयोजक समितिले विद्यालयलाई संकलित रकम हस्तान्तरण गरेको थियो भने सम्मान गर्न बाँकी दानबीरहरुलाई सम्मान पनि गरिएको थियो ।त्यस्तै विद्यालयले मूल आयोजक समितिलाई सम्मान पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार