काठमाण्डौ, वैशाख ।
प्रहरीले नेकपा विप्लव समुहको विद्यार्थी संगठन अखिल (क्रनितकारी)का अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको छ । ११ विद्यार्थी संगठनहरुले पक्रकार सम्मेलन गरेको स्थानबाटै विद्यार्थी नेता ढकाललाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो । कार्यक्रम स्थलबाटै विद्यार्थी नेता ढकाललाई प्रहरीले पक्राउ गर्दा गलत नजिर बस्ने विभिन्न विद्यार्थी संगठनहरुले बताएका छन् ।


उनीहरुले कार्यक्रम स्थलबाटै पक्राउ गर्दा कार्यक्रम स्थल एकछिन तनाव ग्रस्त बनेको थियो । विभिन्न ११ विद्यार्थी संगठनहरुले शिक्षामा भइरहेको व्यापारिकरण निजीकरणको विरोध गर्दै १४ बुंदे मागहरु प्रस्तुत गरेका छन् ।
विद्यार्थी संगठन हरुले शिक्षामा देखिएका विकृति विसंती हटाउन शिक्षा मन्त्रालय लगायत देशभरका सबै स्थानीय तहहरुमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाउने निर्णय गरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार