काठमाण्डौ, वैशाख ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई स्वाभाविक रुपमा लिने संस्कारको विकास हुनुपर्ने बताउनुभएको छ । बिहिबार काग्रेस पार्टी कार्यालय सानेपामा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा देउवाले पार्टीलाई बलियो बनाउनका लागी पार्टीभित्र अनुशासन र आन्तरिक लोकतन्त्रिक अभ्यासलाई ग्रहण गर्नुपर्ने बताउनुभयो ।


लोकतान्त्रिक पार्टीमा केन्द्रदेखि बडातहसम्म पार्टाीभित्र चुनावी प्रतिस्पर्धा हुनु स्वभाविक भएपनि चुनावमा हारजित भएपछि हार्ने र जित्नेबीच बोलचाल हुने संस्कार पार्टीभित्र रहेको भन्दै देउवाले यस्तो संस्कारले पार्टी संगठन बलियो नहुने जिकिर गर्नुभयो । अनुशासनहिन कार्य गर्नेमाथि अनुशासन समितिले छानविन गरी कारबाही गर्न सक्ने भएपनि त्यो कारबाहीले मात्रै नपुग्ने उहाको भनाई छ । उहाले अहिलेको अवस्थामा पार्टी केबल पाटीको रुपमा रहेको भन्दै पार्टी बनाउन संस्कारको विकास जरुरी भएको पनि बताउनुभयो ।
देउवाले आन्तरिक चुनावमा हुने वैमनश्यता न्यूनिकरण गर्ने र अहिले देखिएको समस्या समाधान गर्ने भन्ने तर्फ आफ्नो ध्यान केन्द्रीत गर्न निर्देशन पनि दिनुभयो । लामो समयदेखि पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व चयन हुन नसकेको अवस्थामा त्यसको जिम्मेवारी लिएर बसेका सभापति देउवाले नेविसंघको संगठन स्कूल र कलेजहरुमै नभएपछि संगठन बलियो नहुने पनि बताउनुभयो ।
कांग्रेस महासमिति बैठक पश्चात केन्द्रीय समितिबाट पारित पार्टी विधान नेपालका सबै पार्टीको भन्दा उत्कृष्ट र समावेशी प्रकृतिको बनाएको बताउँदै सभापति देउवाले यसरी सबैले आफ्नो स्थान पाए बमोजिम संगठनमा सदस्यताको वितरणमा पनि बृद्धि गराउन जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार