पोखरा, २८ फाल्गुन ।
नेपाली कागेंसका सभापति एंव पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तराईमा क्रियाशिल बिखण्डकारी नेता सिके राउतको नियत माथी शंका व्यक्त गरेका छन् । हालैमात्र राउतले सरकारसंग ११ बुँदे सहमति गरेपनि राउतको गतिविधि शंकास्पद र सहमति विपरित देखिएको भन्दै उसको नियतमाथी सभापति देउवाले शंका व्यक्त गरेका हुन् ।
नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारसंगको सहमति विपरित राउतले त्यसको अपब्याख्या गरेको आरोप लगाए । देश टुक्राउने गरी जनमत संग्रहको कुरा गरेका राउतलाई फेरी पक्रनु पर्ने देउवाले बताए । जनअभिमतलाई जनमतसंग्रह भनि ब्याख्या गर्नु राजनीतिक वेईमानी हुने उनले बताए । बिखण्डनकारी भावना र राष्ट्राघाट कुनै हालतमा स्विकार्य नहुने देउवाले चेतावनी दिए ।


सरकारले एक बर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउदै सभापति देउवाले अब कागेंस सक्तापक्षको बिरुद्ध शसक्त आन्दोलन गर्ने तयारी रहेको जनाए । सरकारको अधिनायकवादी शैलीका कारण संघियता अप्ठ्यारोमा परेको र प्रेसस्वतन्त्रतालाई समेत कुण्ठित पार्ने चेष्टा गरिएको देउवाले बताए ।
प्रमुख प्रतिपक्षका रुपमा सरकारलाई नियाली रहेको कांग्रेसलाई कमजोर नआँक्न देउवाले चुनौती दिए । त्यसका खातिर सडक देख सदनसम्म सरकार बिरुद्ध आवाज उठाउदै आएको उनले बताए । एमाले जस्तो ३÷४ महिना सम्म सदन ठप्प पार्ने पार्टी कांग्रेस नभएको उनले प्रष्ट पारका छन् ।
देउवाले जंगिदै, चिकित्सा शिक्षा विधेयक अध्यादेश मैले ल्याएको होईन ? त्यसलाई खतम त ओलीले पारेको हो नि । मैले पारेको हो ?’’ चिकित्सा विधेयकलाई ओलीले विगारेको भन्दै उनले थाहा पाएर पनि थाहा नभएको जस्तो नगर्न आग्रह समेत गरे ।

चिकित्सा शिक्षा विधेयक लगातारलाई लिएर संसद नै अवरोध गरेको कांग्रेस गण्डकी मेडिकल कलेजका विद्यार्थीको आन्दोलन बारे मौन छ । कतिपयले भने यसलाई मेडिकल सञ्चालक खुला अर्याल र देउवाको सम्बन्धसँग जोडेर हेरेका छन् ।

#Deuba

नृेपाली कागेंसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले तराई बिखण्डकारी नेता सिके राउतलाई देशको मुलधारमा ल्याउदा देश टुकृन सक्ने आशंका व्यक्त गरेका छन् ।नेपाल प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभापति देउवाले सिके राउतले देश टुक्राउने गरी जनमत संग्रहको कुरा गरेकोले उनलाई मुलुकको मुलधारमा ल्याउदा देश टुक्रन सक्ने बताएका हुन् ।

Posted by GooglePokhara on Tuesday, 12 March 2019

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार