काठमाण्डौ, वैशाख ।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकोमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाउँदै बेलायती महारानीको शैली नक्कल गरिएको टिप्पणी गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले मेरो सरकार भन्न लगाएर सरकारले नै राष्ट्रपतिको संस्थालाई विवादमा तानेको बताउनुभयो ।


बेलायती महारानीको शैलीमा सम्बोधन गर्न लगाएर राष्ट्रपतिलाई विवादमा पार्नु लोकतान्त्रिक गणतन्त्रका लागि शुभसंकेत नभएको पनि देउवाले बताउनुभयो । देउवाले सरकारले नीति तथा कार्यक्रममा उडन्ते कार्यक्रमहरु राखिएको टिप्पणी गर्दे आफ्नो सरकारको पालामा शुरु भएका कार्यक्रमहरुको जस लिन खोजेको आरोप लगाउनुभयो । नेता देउवाले भारत र चीन जोड्ने रेल रणनीतिक महत्वको भएको भन्दै यो अनुदानमा मात्र बन्नुपर्ने सुझाव दिनुभयो ।
बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार