भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । भदौ १५ गते अस्पताल भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचार कै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै वीरगञ्जमा पनि थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको मृत्यु भएको हो । मुटु रोगी र दमको समस्या रहेका उनमा उच्च रक्तचापको समेत समस्या थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार