पोखरा, चैत्र ।
गण्डकी प्रदेशको राजधानि पोखरामा केही ट्याक्सी चालकहरुको दादागिरी कायमै रहेको छ । पोखरामा संचालन हुने ट्याक्सि अनिर्वाय रुपमा मिटरमा संचालन हुने पटक पटक सहमति भए पनि हाल पोखराका केही ट्याक्सि चालकहरुले मिटरमा ट्याक्सि संचालन नगरी दादागिरी देखाउन थालेका छन् ।
पोखराको पृथ्बीचोक (बसपार्क) मा मंगलबार ट्याक्सि चालकहरुले दादागिरी देखाएका हुन्। कुनै एक यात्रुले मिटरमा ट्याक्सि चलाउन आग्रह गर्दा चालकहरु एक भइ पोखरामा मिटरमा ट्याक्सि चढ्न आफ्नै ट्याक्सि चाहिन्छ भन्दै एक जना माथि दुब्यहार समेत गर्न पछि परेनन्। अनिल गुरुङले यात्रु माथि हातपात गरी दुब्यवहार गरेका हुन् । जिल्ला ट्राफिक कार्यालय कास्कीको कार्यालय देखि एक सय मिटरको दुरीमा ट्याक्सि चालकहरुको यस्तो दादागिरी हुन्छ भने अन्य ठाँउमा कस्तो अबस्था होला भन्दै यात्रुले गुनासो गरेकाछन् ।


त्यसै गरी मिटरमा चल्न नमानेका दुई वटा ट्याक्सिको नम्बर समेत जिल्ला ट्राफिक कार्यालयमा एक यात्रुले टिपाएका हुन्। ग १ ज ४२२०, ग १ ज ४०१२ मिटरमा चल्न नमानेको भन्दै यात्रुले कारवाहीको माग गरेको बताएका छन् । ट्याक्सि मिटरमा चल्न नमान्ने उल्टै अन्य ट्याक्सि चालकहरु एक भइ देशमा हरेक कुरामा ठगिनु परेको यात्रु सामु आक्रोश पोख्दै, ३३ किलो सुन कता गयो खै, त्यो खोज्नु पर्यो भन्दै यात्रु माथि दुव्यहार गरेको यात्रुको गुनासो छ ।
कास्कीका प्रहरी प्रमुख एस.पी.ओमबहादुर रानाले पोखरामा मिटरमा ट्याक्सि संचालन हुनु पर्ने अन्यथा कारवाही गर्ने बताए । धेरै बर्ष देखि बैज्ञानिक भाडा दर कायम नभएकाले आफुहरु मारमा परेको पोखरा ट्याक्सि व्यवसायी समितिका अध्यक्ष प्रकाशमणि तिवारीले बताए । समितिमा आवद्ध १ हजार ७ सय ट्याक्सि चालकहरुलाई मिटरमा संचालन गर्न आव्हान गर्दै आएको उनले बताए । महङगी बढ्दै जादा २०६९ साल लेखि नै भाडा समायोजन नभएकोले गर्दा आफुहरुलाई निकै मार परेको अध्यक्ष तिवारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार