प्रहरी प्रधान कार्यलय साईबर व्यूरो काठमाण्डौको तत्चावधानमा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरामा सञ्चालित साईबर अपराध अनुसन्धान अनुशिक्षण (सि.प्र.अ./जु.प्र.अ) छैंठौ समुहको तालिम यही वैशाख २६ गते समापन भएको छ ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक दान सिंह बोहराले आपराधिक कार्यमा प्रविधिको प्रयोगले गर्दा अनसुन्धान वास्तव मै चुनौतीपुर्ण भईरहेकाले अनुसन्धान कार्यमा प्रविधिलाई अभ्यस्त गर्दै लैजानुको विकल्प नरहेको कुरा बताउनुभयो ।

तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै तालिम संयोजन प्रहरी निरीक्षक विष्णु बि.क.ले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले अपराधिक क्रियाकलाप र त्यसको अनुसन्धान जटिल बन्दै गईरहेकाले साईबर अपराध अनुसन्धानका लागि यस्ता तालिमको आवश्कतालाई महशुस गरी प्रविधिसंग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि उक्त तालिम सञ्चालन गरिएको कुरा बताउनुभयो ।

यही वैशाख १९ गते देखी सञ्चालनमा रहेको सात दिन कार्यावधिको उक्त तालिममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न प्रहरी कार्यालयका २९ जना सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो । तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षर्थीहरुलाई प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बोहराले प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

उक्त समापन कार्यक्रममा संघिय प्रहरी ईकाई कार्यालय पोखरा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पुजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल, क्षेत्रीय शसस्त्र प्रहरी गण पोखराका प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार