कास्कीमा जारी निषेधाज्ञाको मोडालिटी बारे अन्तिम निर्णय आईसकेको छैन् तर, यसका विषयमा अवस्य छलफल सुरु भएका छन् । जारी निषेधाज्ञाको मोडललाई निरन्तरता दिने की, खुकुलो बनाएर जाने भन्ने विषयको टुंगो भोलि मात्र लाग्ने स्थानिय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले गत भदौ ३ गते राति १२ बजेदेखि लगाएको निषेधाज्ञा भोलि मध्यरात १२ बजेदेखि सकिदैछ । निषेधाज्ञा लम्ब्याउने कि यसको मोडालिटी परिवर्तन गर्नेबारे छलफल सुरु भएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जनाएका छन् ।
लकडाउन वा निषेधाज्ञा अन्तिम विकल्प नभएकाले अन्य विकल्पहरुबारे समेत छलफल भइरहेको प्रजिअ ढकालले बताए । उनले निषेधाज्ञा सँधैभरी लागु गरेर नहुने बताएका छन् । तर, हालको निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष अधिकारीहरुको छ । सम्भवतः सरकारी कार्यालय, वैंक तथा वित्तिय संस्थाहरु खोलेर निषेधाज्ञा लम्ब्याउने मोडालिटीमा सहमति जुट्न सक्ने अनुमानहरु गरिएका छन् ।
तर, विभिन्न अनलाईन संचरमाध्यमहरुमा भने पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर निषेधाज्ञा लम्ब्याउने पक्षमा देखिएका समाचारहरु प्रकाशित भएका छन् । निषेधाज्ञा लम्ब्याएपनि फरक ढंगले लम्ब्याउनु पर्ने प्रमुख जिसिको राय छ ।
निषेधाज्ञाको अन्तिम निर्णय आईतबार विहान बस्ने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रतिकार्यका लागि बनाएको जिल्ला स्थित कोभिड–१९ संकट ब्यबस्थापन केन्द्र (डिसीएमसी)ले निर्णय गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार