चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर अस्पतालका अनुसार श्वासप्रश्वासमा गम्भिर समस्या भई अस्पतालको कोभिड आइसियु उपचार थालिएका भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय एक पुरुषको आज बिहान ७ः२० बजे मृत्यु भएको हो ।
उनि भाद्र ६ गते अस्पताल भर्ना भएका थिए । मृतक पुरुषमा भाद्र २ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको भेन्टिलेटमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार