चितवनमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशाला चितवनमा गरिएको नमुना परिक्षणमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनको भरतपुर महानगरपालिकाका ८ जना पुरुष र ११ जना महिला, रत्ननगरका ६ पुरुष र २ महिला, खैरेनीका १ पुरुष र ३ महिला, कालिकाका ३ पुरुष र २ महिला तथा माडीका १ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सोही प्रयोगशालामा गरिएको नमुना परिक्षणमा सर्लाहीका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार